काठमाडौं, चैत १२
कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले लगाएको लकडाउन उल्लंघन गर्ने बढेपछि कडाई गर्न थालिएको छ । पहिलो दिन मंगलबार केही खुकुलो बनाइएपनि दोस्रो दिन आजबाट थप कडाई गर्न शुरु गरिएको छ ।
‘नयाँ व्यवस्था भएकाले मानिसमा अन्यौलता देखिएकाले पहिलो दिन सम्झाई बुझाई गरेका हौ’, प्रहरीले भन्यो । बुधबारबाट लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । जसअनुसार महागनरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार बिहान ८ बजेसम्म मात्रै ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा परेका छन् । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई भने सम्झाई बुझाई गरेर घरतर्फ नै फर्काइएको छ । सवारीसाधन तीब्र रुपमा सडकमा निकाल्ने क्रम बढेपछि नियन्त्रणमा लिइएका सवारी अहिलेलाई ‘होल्ड’ गरिएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाल बताउँनु भयो ।
प्रतिक्रिया दिनुहोस्