जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार ११:५४

उपत्यकाका यी स्थानमा खुले ठुला डिपार्टमेन्ट स्टोर


काठमाडौं, चैत १२

लक डाउन लगत्तै बन्द भएका राजधानीका विभिन्न ठुला स्टोर खुल्न थालेका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति हुने पसल तथा स्टोर नै बन्द भएपछि गृहमन्त्रालयले मंगलबार बेलुका नै सूचना जारी गरेर केही पसल खुला गर्न आग्रह गरेको थियो ।

सरकारको उक्त सूचनापछि काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका चेन स्टोरहरू आजदेखि खुलेका छन् । यद्यपी सरकारले स्टोरमा भिडभाड नगर्न आग्रह गरेको छ । भाटभटेनी सुपरमार्केटले उपत्यकामा चार वटा स्टोर आजदेखि खोल्ने भएको छ । भाटभटेनीका अनुसार महाराजगञ्ज, टंगाल, पाटन र भक्तपुरको ठिमीमा रहेको स्टोर आजदेखि खुल्ने जानकारी दिएको छ ।

भाटभटेनीका काठमाडौं बाहिर पनि चार ठाउँमा खुला हुनेछन् । सेलवेज र सेल्सबेरीका पनि आजदेखि केही शाखा खुल्नेछन् । सेल्सवेरीका महाराजगञ्ज, सातदोबाटो र सितापाइला आउटलेट खुल्ने छन् । त्यस्तै, पुल्चोकको सेलवेज पनि आजैदेखि खुल्ने छ । बिगमार्ट लगायतका अन्य चेन स्टोर पनि आजदेखि आंशिक खुला हुनेछन् ।