जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १७:२४

प्रधानमन्त्री ओलीको अपिल : म पनि घरमा बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईं पनि घरमै बस्नुस


काठमाडौं, चैत १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न दशवासीलाई अपिल गर्नुभएको छ ।

मुलुकको कार्यकारी प्रमुख रहनुभएका प्रधानमन्त्री ओलीले आज फोटोसहितको सन्देश दिँदै यस्तो आग्रह गर्नुभएको हो । आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनतालाई पनि घरमै बसिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओेलीले आज फोटोसहित ट्वीट गर्दै लकडाउनका बेला पनि सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

‘हामी सबै अहिले लकडाउनमा छौं, अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘म पनि घरमा बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईं पनि घरमै बस्नुस् सरकारले चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको छ।’