जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १७:५५

राष्ट्रपति भण्डारीको अपिल : सरकारले जारी गरेको निर्देशन र आचारसंहिता पालना गर्नाेस (पूर्णपाठसहित)


काठमाडौं, चैत १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बस्न सवै देशवासीलाई अपिल गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज एक सन्देश जारी गर्दै घरमै बसेर सरकारले जारी गरेको निर्देशन र आचारसंहिता पालना गर्न अपिल गर्नुभएको हो ।

‘यस परिवेशमा वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर राख्दै हरेक नागरिकले सरकारका आधिकारिक निकायहरुले जारी गरेका निर्देशन एवं आचारसंहिताहरु पालना गर्दै घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न म हार्दिक आह्वान गर्न चाहन्छु,’ सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ ।

उहाले लकडाउनको अवधिमा घरमै बस्नुपरेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमूलक बनाउन पनि आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले कोरोनाविरुद्ध लड्न स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार तथा प्राविधिक तयारीसहित आवश्यक प्रबन्ध मिलाउन संघ, प्रदेश र स्थानीय सरकारलाई सुझावसमेत दिनुभएको छ ।