जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार ०९:२२

भारतमा कोरोनाबाट मृतकको संख्या १३ पुग्यो


काठमाडौं, १३ चैत । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

भारतिय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार सम्ममा भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको छ। बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान मृत्यु भएको छ । बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको पनि यो भाइरसको कारण ज्यान गएको बताइएको छ । यससँगै भारतमा मृत्यु हुनेको संख्या १३ पुगेको हो । त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाले ज्यान गुमाएकी थिइन् ।

भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

भारतमा यो भाइरसको संक्रमण फैलिन नदिन २१ दिनसम्म लकडाउनको निर्णय गरिएको छ । अहिलेसम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन् ।