जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार १०:४३

लकडाउनमा निकै सक्रिय बन्यो काठमाडौं महानगर : भिडभाड हुने स्थानमा छर्किन थाल्यो कीटनाशक औषधि


काठमाडौंचैत १३ । लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको काठमाडौँ महानगरपालिकाले बुधवारबाट महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

‘काठमाडौँ महानगपालिकाले बढी भिडभाड हुने विरअस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानमा आजबाट कीटनाशक औषधी छर्कने कार्यको सुरुवात भएको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ ।’ काठमाडौँ महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ओटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किने छ । प्रमुख शाक्यले सकेसम्म महानगवासीलाई खाद्यन्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने पनि बताउनुभयो ।

‘यो विश्वव्यापी संक्रमणको बेला हो । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘कोही भोको पर्दैन, कोही भोकले मर्दैन’ भन्ने राज्यले अघि सारेको अभियानलाई समेत आत्मसाथ गर्दै हामी निरन्तर लागिरहन्छौँ ।’ प्रमुख शाक्यले त्यस्तो कुनै पनि समस्या आए तत्काल जनप्रतिनिधिलाई खवर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताउनुभयो । उहाँले कुनै पनि ठाउँमा फोहोर थुप्रिएको जानकारी पाउने वित्तिकै त्यस ठाउँको फोहोर तुरुन्त उठाउने गरी जनशक्ति खटाएको उहाँ भनाई जानकारी दिनुभयो । ‘भोलिका दिनमा थप आवश्यक भयो भने हामी योजना बनाएर अघि बढ्छौँ,’ उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिकाले हिजाबाट सुरु गरेको किटनाशक औषधी छर्किने कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ । तीन ओटा क्षेत्रलाई आधार मानेर सुरु गरेको यो कार्य आज पनि निरन्तर रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभएको छ । उहाँले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

‘सिमित स्रोत–साधनका बीच पनि हामी निरन्तर काम गरिरहेका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘कामका शिलसिलामा केही कमजोरी भएका छन् भने आम महानगरवासीले दिएको सुझावलाई स्वीकार गर्दै सुधारका प्रयास गर्ने छौँ । यो विश्वव्यापी रुपमा फैलिएको महामारीका बेला सबैको साथ र सहयोग अपरिहार्य छ ।’ उहाँले बाटो सफा गर्ने, किटनाशक औषधी छर्किनेलगायतका कामलाई ३२ वटै वटा र अत्यावश्यकसम्म पुर्याउने पनि जानकारी दिनुभयो ।

नगर प्रहरी महाशाखाका प्रमुख धनपती सापकोटाले पनि हिजोदेखि तीन ओटा क्षेत्रलाई आधार मानेर सुरु गरेको उक्त कार्यलाई आज पनि निरन्तरता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज बिहान आज ४ हजार लिटर क्षमताको जेट मेसिनले मख्नबाटसुरु गरेर बसन्तपुर हुँदै लगन पुर्याएको छ । अर्को जेट मिसिन बानेश्वरहुँदै विमानस्थलसम्म पुगेको छ भने तेस्रोले महाराजगञ्जलगायतका स्थानमा काम गरेको छ,’ उहाँले भन्नुभयो, ‘अब साना सात ओटा ट्याङ्करसहित महानगर क्षेत्र भित्रका भीडभाड हुने स्थानमा जान्छौँ । आज ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिनले टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा काम गर्नेछन् ।’ उहाँका अनुसार तीन ओटा ब्रुमरले बाटो सफा गर्ने कामलाई पनि निरन्तरता दिएका छन् ।