जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार १२:१६

कतारबाट आएका तीन युवा काठमाडौंमै भेटिए, आजै स्वास्थ्य परिक्षण


काठमाडौं, चैत १३

कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजमा आएका सोलुखुम्बुका ४ जना मध्ये तीनजना काठमाडौंमा नै भेटिएका छन् । फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षिया युवतिमा कोरोना संक्रमण पुष्टि भएपछि सोही फ्लाइटमा सवार सोलुखुम्बुका चारै जना प्रशासनको सम्पर्कमा आएको सोलुदुधकुण्ड नगरपालिकाको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो ।

सोलुखुम्बुका चारजना मध्ये अन्य ३ जना काठमाडौंमा नै रहे पनि एकजना भने सोलुखुम्बु आएको सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो । उहाका अनुसार उक्त व्यक्ति सोलुखुम्बु गोराखानीका रहेका छन् । उनलाई हालसम्म त्यस्तो कुनै पनि कोरोना संक्रमणको लक्षण देखिएको छैन । यद्यपी, जिल्ला प्रशासन कार्यालयले घरमै सेल्फ होम क्यारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

मेयर शेर्पाले काठमाडौँमा रहेका तीनै जनालाई आज नमुना परिक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग महाशाखा पठाउन लागिएको जानकारी दिनुभयो । उहाका अनुसार एकजना बौद्ध, अर्को जोरपाटी र अर्को चण्डोलमा रहेको बुझिएको टेलिफोनमा जानकारी दिनुभयो । यद्यपी तीनै जनाको स्वास्थ्य राम्रो रहेको पनि बताउनु भयो ।