जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार १८:४७

लकडाउनमा समस्या परे आफुलाई सम्पर्क गर्न सांसद श्रेष्ठको आग्रह


तनहुँ, चैत १३ । प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले लकडाउनको बेलामा तनहुँका जनतालाई दैनिकी चलाउन समस्या परे आफुलाई सम्झन आग्रह गर्नुभएको छ । सांसद श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत नै लकडाउनको अवस्थामा निम्न वर्गका जनताको दैनिकी निकै कष्टकर र कठिनाई भएको आफुले महसुस गरेपनि जनताको दुःखमा साथ दिन भौतिक रुपमा उपस्थित हुन नसकेको भन्दै केही समस्या परे आफुलाई सम्झन अनुरोध गर्नु भएको हो ।

सांसद श्रेष्ठले आफ्नो मोवाइल नम्बर ९८५१०३८५३५ र ९८५६०४८५३५ स्वकिय सचिव जगत खड्काको मोवाइल नम्बर ९८४१४२४९६१ मा फोन गरी आफ्नो समस्या बताएमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । विज्ञप्तीमा सांसद श्रेष्ठले लकडाउनको अवधिमा दिनभरी काम गरेर विहान र बेलुकीको छाक टार्न बाध्य हुने निम्न वर्गका श्रमजिवी वर्गका नागरिकहरुलाई निकै कष्ट भएको आफुले महशुस गरेको बताउनु भएको छ । तर लकडाउनको यो अवस्थामा जनताको दुःख र कठिनाईमा साथ दिनकोलागि भौतिकरुपमा उपस्थित हुन नसकेको भन्दै सांसद श्रेष्ठले देशको अवस्था सामान्य भईसकेपछि पक्कै पनि यहाँहरुको अवस्था बुझ्न र साथ दिन आउने प्रतिबद्धता गर्नु भएको छ ।

यो कठिनाईपुर्ण अवस्थामा तनहूँ जिल्लाका निम्न वर्गका नागरिकहरुलाई त्यस्तो कठिनाई परेको र दैनिक जिवन गुर्जान कठिन भएको भए यहाँहरुकै अभिभावक र यहाँहरुको जनप्रतिनिधिकोरुपमा सम्झी सम्पर्क गर्नुहुन सांसद श्रेष्ठले अनुरोध गर्नु भएको छ ।