जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार २१:००

चिकित्सकलाई प्रधानमन्त्री ओलीको मार्मिक सन्देश


काठमाडौं, चैत १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई सन्देश दिँदै मानवीय संकटको एकजुट भएर सामना गर्न आह्वान गर्नुभएको छ ।

कारोना भाइरसबाट बच्न लकडाउन गरिएको दोस्रो दिन आम नेपालीलाई घरभित्रै बस्न सन्देश दिनुभएका प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले (कोभिड–१९) को उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई यस्तो अपिल गर्नुभएको हो ।

‘चिकित्सक तथा प्राविधिक साथीहरु हाल मौज्दात सामग्रीको आधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ, तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन् धैर्य गरौँ’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ, सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔँ ।’

प्रधानमन्त्री ओलीले कोरोनाबिरुद्धको लडाई जित्नका लागि सरकारले अघि बढाएको काममा सघाउन यसअघि नै आह्वान गरिसक्नुभएको छ ।