काठमाडौं, चैत १३
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विहिवार मात्र कोरोना भाइरसको संक्रमणको आशंका गरिएका ७१ जनाको नमुना परीक्षण गरेको छ । परीक्षण गरिएका ७१ जनाकै नेगेटिभ आएको छ ।
प्रयोगशालाका अनुसार अहिलेसम्म ७५८ जनाको परिक्षण गरिसकेको छ । जसमध्ये ७५५ जनाको नेगेटिभ आएको छ । पोजेटिभ आएका तीन मध्ये एक जना उपचारपछि घर फर्किसकेको पनि लामो समय भईसकेको छ । अन्य दुई जना भने पछिल्लो समय मात्र संक्रमित भेटिएकाले उपचार भईरहेको छ ।
उपचाररत दुईजनाकै स्वास्थ्य सामान्य रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रोग अस्पताल जनाएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले दुवैको स्वास्थ्य सामान्य रहेको बताउनु भयो । “अहिले दुवैलाई अस्पतालको आइसोलेसनमा उपचार गरिरहेका छौं,” उहाले भन्नुभयो, ‘‘उहाँहरू दुवैको पुनः परीक्षण कहिले कति दिनमा गर्ने विषयमा भोलि छलफलबाट टुङ्गो लाग्छ ।”
कोरोना संक्रमण देखिएको बिवरामीको पुनः एक सातामा दोस्रो कोरोना परिक्षण हुने गर्छ । यदि त्यो समयमा पनि कोरोना संक्रमण देखिएमा १४ दिन आइसोलेसनमै राखेर उपचार गरिने अस्पताल स्रोत बताउँछ । स्रोतका अनुसार ति युवतिको भर्ना भएको ७ दिनमा पुन कोरोना परिक्षण गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्