जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार ०७:०८

अब भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउने


काठमाडौं, चैत १४ । भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउने सेवा सुरु गरेको जनाएको छ । फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्ने गरी होम डेलिभरी सेवा आरम्भ भएको सुपरमार्केटले जनाएको छ ।

आफूलाई आवश्यक परेको सामान अर्डर गर्न कम्पनीले उपलब्ध गराएको फोन नम्बरमा कल, म्यासेस, भाइबर र व्हाट्सएपमार्फत जानकारी गराउन सकिनेछ । साथै ग्राहकले आफ्नो नाम, फोन नम्बर र ठेगाना उपलब्ध गराउनुपर्नेछ । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला सुपर मार्केटहरु– भागभटेनी, बिग मार्ट, सेलबेज, सेल्सबेरीलगायतलाई उपभोक्तालाई चाहिने अत्यावश्यक सामग्री ढुवानीको व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

गएको ११ गदेदेखि आउँदो १८ गतेसम्म लकडाउन अवधि भएकोले मन्त्रालयले उपभोक्ताको माग अनुसार ढुवानीको व्यवस्था मिलाउन सुपरमार्केटहरुलाई निर्देशन दिएको हो ।