जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार १५:३२

‘लक डाउन’ अवधिभर एनआइसी एशियाको सहायता केन्द्र


शुभ नारायण कामती / सिरहा

एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्नेगरी ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका उप–प्रादेशिक कार्यालय लहानका प्रमुख जितेन्द्र कुमार साहले बताउनुभएको छ । कोरोना भाइरसको जोखिमका कारण सरकारले मुलुकभरी नै ‘लक डाउन’ गरेपछि ग्राहकले घरभित्रैबाट आफ्ना गुनासो राख्न सकुन् भनेर ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । बैंकले प्रदेश नं २ का पाँच स्थानमा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

ग्राहक सेवा केन्द्रअन्तर्गत प्रदेश कार्यालयमा बैंकका प्रदेश प्रमुख प्रकाश चन्द्र अधिकारी–९८५११५३४९९, सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी–९८५१२४५९३४, मनु प्रसाद शर्मा–९८४१८७२५६१, गोपाल प्रसाद सुवेदी–९८५५०७०४०९ लाई सम्पर्क व्यक्ति तोकिएको छ । त्यस्तै विरगंज एसपिओ कार्यालयका लागि पुजा खेतान–९८५५०२२५६९ र अमृत राणा–९८५५०३८९४४लाई सम्पर्क व्यक्ति तोकिएको छ भने चन्द्रनिगाहपुर एसपिओका लागि बिशाल शर्मा–९८५५०२३५४३ र रवि थापा–९८५५०४४५१९लाई सम्पर्क व्यक्ति तोकिएको छ ।

ग्राहक सहायता केन्द्रअन्तर्गत हरिवन एसपिओ कार्यालयका लागि सुनित श्रेष्ठ–९८५६०३४४३३ र सुमन सिंह–९८५४०२७९०० लाई जिम्मेवारी दिइएको छ भने जनकपुर एसपिओका लागि उतसुक श्रेष्ठ–९८५४०२९५४४ र ईश्वर अचार्य–९८४४१७३२३९लाई जिम्मेवारी दिइएको छ । त्यस्तै लहान एसपिओका लागि मुकेश कुमार साह–९८०४७८०२८२ र प्रदिप कुमार साह–९८५१११८१०५ लाई सम्पर्क व्यक्ति तोकिएको बैंकका उप–प्रादेशिक कार्यालय लहानका प्रमुख जितेन्द्र कुमार साहले बताए । लक डाउनको समयमा ग्राहकलाई पैसाको आवश्यकता परे प्रदेश नं २ अन्तर्गत खुला रहेका २८ एटीएमबाट सेवा लिनसक्ने गरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।