जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार २१:२१

नेपालमा रहेका आफ्ना नागरिकलाई अष्ट्रेलियाले सोमबार उद्धार गर्ने


काठमाडौं, चैत १४

कोरोना भाइरसका कारण नेपालले लकडाउन गरेपछि यहा रहेका आफ्ना नागरिकलाई अष्ट्रेलियाले सोमबार उद्धार गर्ने भएको छ । नेपालस्थित अष्ट्रेलियन दुताबासले शुक्रबार एक विज्ञप्ती निकाल्दै सोमबार कतार एयरवेजको जहाजबाट उद्धारको तयारी भएको जनाएको हो ।

शुक्रबार र शनिवार युरोपेली मुलुक फ्रान्स, जर्मनी लगायतले आफ्ना नागरिक उद्धार गरिरहेको छ । दूतावासले शनिवार कतार एयरवेजको जहाज चार्टर गर्ने तयारी भईरहेको भन्दै अष्ट्रेलिया जान चाहाने नागरिकले आ–आफ्नो नाम दूतावासमा टिपाउन आग्रह गरेको छ । सोमबार सो विमानले दोहा हुदै सिड्नी पुग्ने दूतावासले जारी गरेको सूचनामा भनिएको छ । यसअघि लुक्लामा रहेका केही अष्ट्रेलियन नागरिकलाई शुक्रबार उद्धार गरेर काठमाडौं ल्याइएको छ ।