जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार ११:१०

लकडाउन अवज्ञा गर्नेविरुद्ध प्रहरी कठोर : ३३७ जना पक्राउ


काठमाडौं, चैत १५

सरकारले लागु गरेको लकडाउन उल्लंघन गरेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ३३७ जना पक्राउ परेका छन् । अत्यावश्यक काम बिना सडकमा निस्किएका ३३७ जनालाई प्रहरीले आज विहानमात्र पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले लकडाउन जनस्वास्थ्यकै लागि भएकाले मिच्न खोज्नेविरुद्ध कठोर भएर प्रस्तुत हुने बताउनु भयो । उहाले एकजनाको लापरवाहीले समाज नै संक्रमित हुनसक्ने भएकाले लकडाउनलाई ख्यालठ्ठाको विषय बनाउन नहुने उल्लेख गर्नुभयो ।

बिना काम नागरिक सडकमा आउने, मर्निङ वाकलगायतमा निस्कने क्रम नरोकिएपछि प्रहरी कठोर रुपमा प्रस्तुत् हुन थालेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंसहित महातका तीनओटै जिल्लाका प्रहरी परिषरलाई लकडाउनको अवज्ञा गर्नेविरुद्ध कडाईका साथ प्रस्तुत् हुन निर्देशन दिएको छ ।

प्रहरीले लकडाउनको अवज्ञा लगायत अन्य अवस्थामा पक्राउ गर्न विशेष फोर्स (टोली) गठन गर्न लागेको छ । प्रहरीलाई समेत संक्रमणको जोखिम बढ्नसक्ने भन्दै आवश्यक बचावटको समाग्रीसहित नियन्त्रण÷पक्राउ गर्न छुट्टै टोली गठन गर्न लागिएको हो । डीआईजी पोखरेलले यसबारे आवश्यक गृहकार्य भइरहेको बताउनु भयो ।