जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार १२:२२

नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज एयरपोर्टको धावनमार्गमा क्रयासल्यान्ड


बाँके, चैत १५ । नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट नेपालगञ्ज एयरपोर्ट पुगेको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा क्रयासल्यान्ड भएको हो । विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो ।

नेपालगञ्ज विमानस्थलका अनुसार विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन् । जहाज अवतरण हुनेबेला धावनमार्गबाट बाहिर झाडीमा पुगेर अड्किएको छ । चालक दलका सदस्य र चिकित्सकहरुलाई लिन नेपाल एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरेको छ ।