जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार १६:२४

लकडाउन चैत २५ गतेसम्म लम्बाउन सिफारिस


काठमाडौं, चैत १६

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष निकालेको छ ।

आइतबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले चैत ११ देखि लागू भएको लक डाउन २५ गतेसम्म गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । आजै बस्ने मन्त्रिपरिषद् बैठकमा सो प्रस्ताव पेश गरिने भएको छ । त्यस्तै आजको बैठकले लक डाउनका कारण प्रभावित भएका नागरिकहरूलाई राहत दिनेबारे पनि मन्त्रिपरिषदमा सुझाव दिएको छ ।