जनता टाइम्स

१७ चैत्र २०७६, सोमबार ०८:४८

काठमाडौं महानगरको पहलमा ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ को शुभारम्भ : यसरी लिन सकिन्छ जानकारी


काठमाडौं चैत १७ । कोरोना (कोभिड—१९) को सम्भावित महामारीमाथि निगरानी गर्न काठमाडौं महानगरपालिकाले आइतबार ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ सार्वजनिक गरेको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रणाली विकासकर्ताहरुलाई आफ्नाआफ्नै ठाउँबाट भिडियो कन्फरेन्समा जोडेर सभागृहबाट प्रणालीको शुभारम्भ गर्नुभएको हो । यसका लागि सूचना प्रबिधि महाशाखाले समन्वय गरेको थियो ।

सफ्टवेयर विकासकर्ता सूचना प्रविधि विशेषज्ञले प्रणाली विकास गरेका हुन् । प्रणालीमा प्राप्त सूचनालाई रोगसँग सम्बन्धित विशेषज्ञ डाक्टर, तथ्याङ्क विशेषज्ञ, भौगोलिक सूचना–प्रविधि विषेषज्ञले तथ्य विश्लेषण गरेर त्यसका आधारमा जिज्ञासु प्रयोगकर्ता र महानगरलाई अवस्थाका बारेमा प्रणालीले सूचना दिन्छ । तथ्य विश्लेषणपछि विरामीले सावधानी अपनाउनु पर्ने नपर्ने, घरमै सुरक्षित बसे हुन्छ कि स्वास्थ्य संस्थामा जानुपर्छ रु विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक पर्छ कि रु जस्ता बिरामीका अवस्था थाहा पाउन सकिन्छ ।

यस प्रणालीको विकाससँगै संक्रमणको आशंका भएका व्यक्तिहरु अस्पताल गएर भीड हुने अवस्थामा कमी ल्याउने अपेक्षा गरिएको प्रणाली विकासकर्ताहरुले जानकारी दिएका छन् । महानगरले तथ्यमा आधारित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण पाउँछ र व्यक्तिले घरबाटै सेवा पाउने अवसर पाउँछन् । प्रणाली शुभारम्भ गरिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भन्नुभयो– ‘पछिल्लो संवेदनशील परिस्थितिलाई ध्यानमा राखेर यो प्रणाली बिकास गएिकोरएको हो । कतिपय बेलामा व्यक्तिको सावधानीले मात्र पनि सेवा प्रवाहलाई सहज बनाउँछ । सेवा दिनुपर्ने ठाउँमा उपचार नगरी नहुने बिरामी मात्र भए भने सेवाप्रवाहमा अनावश्यक प्रक्रिया, झन्झट र खर्च गर्नु पर्दैन । हामी हाम्रा सेवालाई चुस्त र व्यबस्थित बनाउँदै लाँदैछौं । प्रणाली यसका लागि पनि हो ।’

प्रमुख शाक्यले प्रभावकारी परिणामको अपेक्षा राखेको पनि बताउनुभयो । ‘अहिलेसम्म प्राप्त ज्ञान र अनुभवबाट विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यको आधारमा तयार पारिएको प्रणालीले कोभिड–१९ को संक्रमणको सम्भावनालाई सजिलोसँग पहिचान गर्न र व्यक्तिको स्थितिको गम्भीरता आफैँले स्वमुल्याङ्कन गर्न सघाउनेछ,’ उहाँले भन्नुभयो, ‘यसलाई थप व्यवस्थित गर्न आवश्यक पर्दा हामी महानगरपालिकाको सहयोगमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा ९१०२० लाई परिचालन गरेर सेवा छिटो र उपचारलाई गुणस्तरीय बनाउँछौं ।’

यो प्रणाली अहिलेका लागि कोभिड नियन्त्रणका लागि तयार गरिएको पनि उहाँले जानकारी दिनुभयो । प्रमुख शाक्यले अहिलेसम्म प्राप्त ज्ञान र अनुभवबाट विश्व स्वास्थ्य संगठनको डाटाको आधारमा तयार पारेको प्रणालीले कोभिड–१९ को संक्रमणको सम्भावनालाई सजिलोसँग पहिचान गर्न र व्यक्तिको स्थितिको गम्भीरता आफैँले स्वमुल्याङ्कन गर्न सघाउने अपेक्षा गरेको पनि बताउनुभयो ।

प्रणालीका बिकासकर्ता एवं सुचना प्रणालीविज्ञ भुषणराज श्रेष्ठ महामारी नियन्त्रणमा आइसकेपछि पनि यसलाई महानगरले यसलाई नियमित प्रयोगमा ल्याउन सकिने बताउनुभयो । ‘महामारी नियन्त्रणका लागि बिश्व अनुभवबाट प्राप्त ज्ञानको प्रयोग काठमाडौंका लागि नयाँ हो । मलाई संक्रमण भयो कि भनेर मनमनै डर राख्ने तर स्वास्थ्यकर्मीको पहुँचमा जान अप्ठ््यारो मानीरहेका व्यक्तिहरुका लागि यो सजिलो उपाय हो,’ उहाँले भन्नुभयो ।

नेपाल रिसर्च एडुकेशन नेटवर्क, जनस्वास्थ्य सरोकार ट्रष्ट, इनोभेटिभ सोलुसन, नेपाल डिजास्टार–इमर्जेन्सी मेडिसिन सेन्टरलगायतका संघसंस्थाको साझेदारितामा यो प्रणाली बिकास भएको हो । प्रणालीले महामारी नियन्त्रण गर्नु पर्ने जटिल परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वयन गर्न र एकीकृत कार्यक्रम गर्जुमा गर्न मद्दत गर्नेछ । त्यस्तै संक्रमणको शंका लागेका व्यक्तिले अनावश्यक चिन्ता र मानसिक तनाव लिएर बस्नुको सट्टा आफ्नो यथार्थ स्थितिबारे उपयुक्त श्रोत र बिधि तथा वस्तुगत रुपमै स्पष्ट भएर उपयुक्त निर्णय प्रणालीले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रणाली सार्वजनिक गर्ने अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, प्रशासन बिभागका प्रमुख नमराज ढकाल, सूचना प्रबिधि बिभागका निमित्त प्रमुख युवराज खनाल र जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्य सहभागी हुनुहुन्थ्यो ।

कसरी लिन सकिन्छ जानकारी ?

तपाईँहरु सबैले यो एप गुगलको ‘प्लेस्टोर’ बाट डाउनलोड गरी इन्स्टल सक्नुहुन्छ । इन्स्टल भइसकेपछि त्यसमा रहेक अत्यन्त सरल विधीअनुसार आफ्नो वा आफन्तका बारेमा सूचना भर्न सक्नु हुनेछ । तपाईँले दिएको सूचनाका आधारमातपाईँ कोभिड ९१९को जोखिममा हुनुहुन्छ कि हुँदैन, त्यो जोखिम छ भने कति छ, आदि आफैले नै तत्कालै थाह पाउन सक्नुहुनेछ । यो एपले नै तपाईँलाई त्यो बताउने छ । र यो सम्पूर्ण सूचना सर्भरमा अभिलिखित हुनेछ । यो सूचनालाई ड्यासबोर्डमा रहेका डाक्टर लगायतका स्वास्थ्यकर्मीहरुले तत्काल देख्नेछन् र अनुगमन शुरु गर्नेछन् ।

शहरको कुन क्षेत्रबाट यो सूचना आएको हो, त्यो तत्काल ड्याशबोर्डबाट पत्ता लाग्नेछ । यसरी दर्ता भएका व्यक्तिले दिनको तीन पटक आफ्नो स्थितिबारे एप मार्फत् सूचना दिनु पर्नेछ । त्यसको आधारमा ड्याशबोर्डमा रहेका स्वास्थ्यकर्मीले तपाईँको स्थिति कुन दिशा तर्फ जाँदैछ, निको हुँदैछ कि साह्रो हुँदैछ, थाहा पाउनेछन् । त्यसको आधारमा घरमै ‘सेल्फक्वरन्टिन’मा बस्नु पर्ने नपर्ने, अस्पतालमा भर्ना हुनुपर्ने वा नपर्ने सल्लाह दिनेछन् । सर्भिलेन्स प्रणालीमा आवद्ध हुन चाहिने एप ‘कोविड–१९ एप प्ले स्टोरबाट डाउन–लोड गर्न अझै केही समय लाग्ने भएकोले हालका लागि काठमाण्डौँ महानगरपालिकाको वेब साइट डब्लुडब्लुडब्लु डट काठमाडौँ डट जिओवी डट एनपीबाट डाउन लोड गर्न मिल्ने बनाइएको छ्र ।