जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार १२:१४

त्रिशुली बस दुर्घटना : मृतकको सख्या सात पुग्यो (नामसहित)


धादिङ ।

धादिङको आदामघाट नजिक बन्छेटारबाट झापाबाट आएको बस त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खस्दा सात जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थल र अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ । घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।