जनता टाइम्स

२३ चैत्र २०७६, आईतवार ०८:५३

सुपर मादी हाइड्रो पावरले गर्यो मादी गाउँपालिकालाई खाद्यन्न सहयोग


पोखरा, चैत २३ । सुपर मादी हाइड्रो पावर कम्पनी लिमिटेडले मादी गाउँपालिकालाई खाद्यन्न हस्तान्तरण गरेको छ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको अवधीमा बिपन्न परिवारलाई उपलब्ध गराउने गरी सो हाइड्रोपावरका अध्यक्ष पुष्प ज्योती ढुंगानाले शनिवार गाउँपालिकामा १२ लाख ७३ हजार मुल्य बरावरको खाद्यन्न हस्तान्तरण गर्नुभएको हो ।

बिषम परिस्थितिमा श्रमजीवि बर्गलाई हातमुख जोर्न धौधौ परेको अवथामा मादी गाउँपालिकामा रहेको अति बिपन्न परिवारलाई सो मुल्य बरावरको खाद्यन्न उपलब्ध गराइएको अध्यक्ष ढुंगानाले जानकारी दिनुभयो । सो कम्पनीले जिरा मसिनाचामल, दाल र नुन उपलब्ध गराएको हो ।

मादी हाइड्रोमा रघु पुरी फाइनान्स डाइरेक्टर, धनराज आचार्य, बाबुराम थापा र मित्र काफ्ले डाइरेक्टर हुनुहुन्छ । मुलुक संकटमा रहेको बेला आफूहरुले बिद्युत उत्पादन गरिरहेको स्थानीय तहमा खाद्यन्न उपलब्ध गराइएको फाइनान्स डाइरेक्टर पुरीले बताउनु भएको छ ।