इनरुवा, चैत २३
सुनसरीको दुहबीमा राहत वितरणमा अनियमितता गरेको विषयमा छलफलका क्रममा झडप भएको छ । राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै एक स्थानीय युवाले सामाजिक सञ्जालमा लेखेपछि शुरु भएको विवाद मिलाउन बोलाइएको छलफलमा दुई पक्षबीच झडप भएको हो ।
दुहवी ९ छातावलीमा दुई पक्षबीच भएको झडपमा एक प्रहरीसहित झन्डै एक दर्जन युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ । प्रहरी जवान अनिल यादव घाइते छन् । इलाका प्रहरी कार्यलय दुहबीका इन्पेक्टर प्रबिण कार्कीकाअनुसार घाइतेको अवस्था सामान्य छ भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
दुई पक्षबीच यसअघि पनि पटकपटक झगडा हुने गरेको थियो । यता दुहबी ९ का वडाअध्यक्ष मेहदी हुसैनले राजनीतिक पूर्वाग्राहका कारण आरोप लगाएको र छलफलको क्रममा झडप भएको स्विकार गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्