जनता टाइम्स

२५ चैत्र २०७६, मंगलवार ११:०८

युरोप-अमेरिकाको नजरमा सरकारको त्यो सफलता


ठुलो परिक्षाको घडी पनि भएको हुनाले ओली सरकारले शतप्रतिशत नम्बर ल्याउने भयो। नाफा नोक्सान, हिसाब किताब पछि गर्ने गरी ओली सरकारले हाललाई जनता बचाऔं, पछि जेल जानु परे पनि जाउंला भन्ने प्रण गर्यो । एक पछि अर्को प्रहार भए पनि ओली सरकारले चट्टानी अडान लियो। दलाल नोकरशाह तथा तिनका रक्षानमा जिउनेहरु चाहन्थे, जनता भकाभक मरुन, ओली सरकार स्वतःबिफल होस । तर ओली सरकारको कामले परिणाम ठीक उल्टो सावित भएको छ

हेम कुमार

नेपाल लगायत सम्पूर्ण विश्व कोभिड १९ (कोरोना भाईरस) बिरुद्दको युद्दमा होमिएको छ । विश्वयुद्द तथा ठुला ठुला युद्दमा बिजय हासिल गरेका महाशक्ती राष्ट्रहरुलाई समेत यस्तो लागिसकेको छ कि यस् युद्द सजिलै र छिट्टै जित्न सकिने अवस्था छैन । किनकी महामारीले दिन दुई गुना रात चौगुना मानिसहरुको ज्यान मात्र लिएको छैन कि सामाजिक जिबन नै अस्त ब्यस्त पारीदिएको छ। यस सामाग्री तयार पार्दासम्म विश्वभर यस महामारीले ७४ हजार सात सय भन्दा बढीको ज्यान लिइसकेको छ ।

१३, ४६,९७४ जना यस भाईरसबाट संक्रमित रहेको पुष्टी भैसकेको छ। कोभिड १९ कै कारण विश्वको अर्थतन्त्र तहसनहस हुने कुरामा दुइमत देखिदैन भने पुजिबादी अर्थतन्त्रको कारुणिक अन्त्य मात्र होइन कि मर्मत र सुधारका निती तथा कार्यक्रमका बिषयमा स्वयं पूँजीवाद अस्पष्ट र अन्योलमा देखिन्छ। दोस्रो विश्वयुद्दको समाप्तीसँगै युरोपमा हिटलरका बिरुद्द डच नेदर्ल्यान्ड्स तथा फ्रान्सेली जनताले युरोपका साम्यबादीहरुको संलगनतामा गरेको अभुतपुर्व सफलतापछि डचहरु विश्व अर्थतन्त्र माथि पुनः कब्जा जमाउन सफल हुँदै डच इस्ट ईन्डिया कम्पनीकै अवस्थामा फर्किदै पुन: विश्व अर्थतन्त्रको बादशाह बन्न सफल भयो । जुन आज पनि यथावत रहिआएको छ। स्मरण रहोस : हिटलरका बिरुद्द बिजय हासिल गर्नुमा इटाली, फ्रान्स र पुर्व सोभियत संघको प्रमुख भूमिका थियो । जबकी यि देशहरुमा कम्युनिष्ट शासन ब्यबस्था थिए, दोस्रो विश्वयुद्द पश्चात युरोपमा कम्युनिष्टहरुको वर्चस्व र पुँजिबादी देशहरु सँगको सम्बन्धलाई लिएर अमेरिका र युरोपको सम्बन्ध बिस्तारै चिसिदै गैरहेको थियो। अमेरिकालाई त्यो सम्बन्ध पटक्कै मन परेको थिएन । नेदर्ल्यान्ड्स (डच) को भने अमेरिकासँग सुमधुर सन्बन्ध थियो। अतः नेदर्ल्यान्ड्सले युरोप र अमेरिकाको सम्बन्ध पुनर्स्थापनाका लागि भूमिका खेल्नु पर्ने टड्कारो आवश्यकता मात्रै देखेन, सन १९५४ मा युरोप र अमेरिकाको साझा शक्तिशाली बिल्डरबर्ग फाउन्डेशनको स्थापना गरी ९० को दशकमा साम्यबादी शासन ब्यबस्था विश्वबाटै उन्मुलन भएको घोषणा गराउन सफल भयो र पुँजिबादले विश्व अर्थतन्त्रमा एकात्मक कब्जा जमायो।

तर आज यो महाशक्ती डग्मगाएको छ, धर्मराएको छ। यसले सुरक्षित भबिश्य खोजेको छ। हुनत यो एक आकस्मिक र नौलो घटनाको संयोग भने मान्न सकिन्न । सन २०१५ मा बिल गेट्सले आउदो सन २०२० मा संसार हल्लाउने गरी रोगको महामारी आउँदैछ भन्नु र सन २०१५ मै स्विजरल्यान्डको डाभोसमा सम्पन्न बिश्व आर्थिक मन्चले सन २०२० मा प्रथम विश्वबाट कम्तिमा २ करोड अत्यधिक कुशल कर्मचारीहरु (हाइली स्किल्ड म्यानपावर) हटाउने र २० लाख थप इन्जिनियरले प्रतिस्ठापन गर्ने घोषणासँगै पुजिबादी अर्थ ब्यबस्था अग्रिम धरापमा रहेको पूष्टी भैसकेको थियो। तर अहिले घटनाले फरक रुप लिएको छ । वास्तवमै आज यो शक्ति अत्तालिएको छ । कोभिड १९ ले अमेरिका र बेलायतको राज्य सन्चालन शैली उदांगो मात्र भएन कि सामाजिक सुरक्षा, जिबन बिमा र स्वास्थ्य बिमा समेत ब्यबस्थित नभएको रहस्य खुल्यो । स्वास्थ्य सामाग्रीको लागि चीनको मुख ताक्ने र स्वास्थ्यकर्मी असुरक्षित अवस्था मै जबरजस्ती कोरोना बिरामीहरुको उपचारमा होमिनु पर्ने अवस्था छ। लक डाउन होस् वा सेल्फ लक डाउन र क्वारेन्टाइनमा, जनताभित्रै बस्न बाध्यछन भने लाखौंका रोजगारी र रोजीरोटी खोसिएका छन। राहत र प्रलोभनका थुप्रै प्याकेजहरु घोषणा गरिए पनि जनता ढुक्क हुन सक्ने अवस्था छैन ।

एक गम्भीर प्रश्न :

नेपालको अवस्था कस्तो छ ? के गरिरहेको छ नेपालले ? अझै भनौं ? ओली सरकारले ? विश्वबाटै उन्मुलन भएको भनिएको कम्युनिष्टले हाकिरहेको देश नेपालमा दुई तिहाइको कम्युनिष्ट सरकार रहेको छ । अझै भनौं कम्युनिष्टहरुको शक्तिशाली सरकार छ यतिबेला नेपालमा । त्यसैले हालको अवस्थालाई नजिकबाट मुल्याङ्कन गर्न जरुरी छ। दुई इकोनोमिक टाइगरको बिचमा अवस्थित देशले आफुलाई कहिल्यै पनि कमजोर प्रदर्शन नगरेको सरकारले हालको अवस्थालाई कसरी सम्हाल्न सकेको छ भन्ने बिषयको सही मुल्याङ्कन आजको आवश्यकता हो। कमजोर अर्थतन्त्र र स्वास्थ्य सामाग्रीका अभावबीच नेपालले कोरोना बिरुद्दको युद्दमा यी माथि भनिएका महाशक्ति राष्ट्रहरुको भन्दा राम्रो ब्यबस्थापना गर्दै आफ्ना एक जना नागरिकलाइ पनि मृत्युको घाटमा जानुबाट कसरी बचाउदै छ ? कटु सत्य हो यो । यसलाई पशुपतिनाथको कृपा भनेर नेपाल सरकारको अवमुल्यन गरियो भने असल नागरिकको ताज हामी कहिल्यै पहिरन सक्दैनौ। आफ्नो हैसियतअनुसार युरोप र अमेरिकाले भन्दा नेपालले दशौं गुणा ब्यबस्थित र सुसज्जित हतियार सहित कोरोना बिरुद्द लडिरहेको छ ।

हालसम्म कोरोना भाईरसबाट विश्वका करीब ७५ हजार नागरिकले मृत्युवरण गरिसक्दा नेपालमा भने एक ब्यक्तिको पनि यस भाइरसबाट मृत्यु हुन दिएको छैन। करीब साँढे १३ लाख संक्रमित हुँदा एकाध बिदेशबाट फर्केका ब्यक्तीबाहेक अन्यमा संक्रमण नदेखिएको अवस्था छ । यो बर्तमान सरकारको प्रभावकारी योजना र कामकै कारण भएको हो भन्न हामी किन तयार हुँदैनौं ? लकडाउन, दैनिकी बन्द, खोसिएका रोजगारीका अवसरहरु, तर जनता स्वःस्फुर्त एक आपसमा सहयोग र हातेमालो गर्दै अभावको महसुस हुन दिएका छैनन । सरकारले आपतकालिन राहतकोष खडा गरेको छ । निर्बाध घर घरमा राहतको सामाग्री पुर्याइरहेको छ । सम्भव भएसम्म सम्पूर्ण नागरिकहरुको कोरोना टेस्ट गर्ने प्रयास जारी छ। के युरोप अमेरिकाले यीमध्ये कुनै एक निती तथा कार्यक्रम तत्काल ल्याएको हामीले देख्यौं ? के कोरोनाबिरुद्दका स्वास्थ्य सामाग्री प्रशस्त भन्ने समाचार देख्यौं ? देखेनौं । तर राज्य र नागरिकको सम्बन्ध सुमधुर देखिन्छ । नागरिकले राज्यका नियम पालना गरेको देख्न पाईन्छ । स्वास्थ्यकर्मीलाई भरपुर हौसला प्रदान गरिएको छ। एक अर्कामा माया प्रेम साटासाट गरिएको देख्न पाईन्छ। सम्पूर्ण जनता, सरकारी, गैर सरकारी तथा राज्यमा उपस्थित प्रतिपक्षी समुहहरु, राजनैतीक दलहरुबाट बिनासर्त सहयोग पाइरहेको अवस्था छ। बिरोधका स्वरहरु सुन्न पाइदैनन, मिडियाहरु बढी जिम्मेवार र सकारात्मक देखिन्छन, सरकारलाई सहजिकरण गर्न गराउन देशका सम्पूर्ण निकायहरु चलायमान देखिन्छन । यसैलाई कोरोन युद्द जित्ने आधारशिला बनाएका छन।

नेपालले कोरोना युद्दमा अग्रगामी छलाङ मारेको छ, यसमा दुई मत छैन । राज्यका सम्पूर्ण अंगलगायत राजनैतिक दलहरुलाई सहयोगको आह्वान गरेको छ। नागरिक, राज्य र सम्पूर्ण राजनीतिक दलहरु एक हुनु पर्नेमा जोड दिएको देखिन्छ। तर बिडम्बना, पछिल्ला घटनाक्रमहरुले त्यस्तै कैयौं गैरजिम्मेवार उदाहरणहरु देखाएको छ । संकटकाल र कमजोर अवस्थाको फाईदा उठाउदै सरकारलाई असफल साबित गराउन जिम्मेवार राजनैतिक दलहरु, नागरिक समाजका अगुवाइका दुहाइ दिनेहरु र जिम्मेवार मिडियाहरु नै जाइलागे भने आफ्नै दलभित्रका अबान्छित तत्वहरु समेत प्रधानमन्त्री केप शर्मा ओली नेतृत्वको यो सरकारबिरुद्द आक्रामक ढंगले प्रस्तुत भएको देखिन्छ ।

एकातर्फ स्वास्थ्यकर्मीहरु जिउ ज्यान बाजी नै राखेर अहोरात्र खटिरहेका छन भने अर्कातर्फ अवसरबादीहरु तिनै स्वास्थ्यकर्मीलाई उक्साइरहेका छन। यहाँ भन्दा बिडम्बना के हुन सक्छ ? मानौं यो एक मात्र अन्तिम अस्त्र हो । राज्य सफल रहे राज्यका सुबिधाका हकदार भइन्छ। राज्यका ठुला सुबिधाहरु अग्रिम मोर्चामा रहेर माग गर्ने ठुला उद्योगपतिहरु र राष्ट्रिय पुजिपतीहरु गुमनाम भए, विश्व कै सुबिधा सम्पन्न पाँच तारे हस्पिटल खोलेर बस्ने मालिकहरुले कोरोना शंकासपदका लागी ढोका बन्द मात्रै गरेनन बरु गोप्य कोठामा ओली सरकार गिराउने खेल खेल्न ब्यस्त रहे, देश बिदेशमा रहेका आफ्ना एजेन्टमार्फत सरकारलाइ बदनाम गराउन उद्दत रहे, भ्रष्टाचारको पगरी गुथाउन तल्लिन रहे र जनतालाई निरन्तर कुनै न कुनै बाहनामा भड्काइ रहे। अझै भनौं, राज्यको सबभन्दा ठुला सुबिधाधारी महाशयहरु अपवित्र गठबन्दनसहित कामयावी सरकारलाई कसरी अप्ठेरोमा पार्न सकिन्छ भन्ने अग्र मोर्चामा भेटिन्छन भने यो भन्दा दुखदायी घटनाहरु के हुन्छ सक्छन ?

आखिर यो किन र कहिलेसम्म ?

नेपाली जनताले नेकपालाई ५० औं बर्षका निम्ती देशको जिम्मा लगाएको छ। ६५ बर्षको राप जनताले ५० बर्षसम्म भुल्न सक्ने छेकछन्द छैन। प्रतिपक्षहरु एजेन्डाबिहिन बनेका छन , नाराबिहीन बनेको छ। डलर र युरोमा सम्झौता गरेका नागरिक अगुवाहरुका भत्ता काटिएका छन। समग्रमा, नेकपा बिरोधीका दोकान बन्द भएका छन। हो, यही एक मौका थियो, सरकारको बिरोध गर्ने र कमजोर बनाउने समय। किनकी कोभिड १९ का कारणले जनता नमर्ने भए, यसको जस ओली सरकारले लिने भयो। कोरोनाको बिरुद्द लड्ने अत्यावश्यक सामान खरिदमा समेत भाँजो हाल्नुले यही प्रमाणित गर्दै आएको छ। यो एउटा ठुलो परिक्षाको घडी पनि भएको हुनाले ओली सरकारले शतप्रतिशत नम्बर ल्याउने भयो। नाफा नोक्सान, हिसाब किताब पछि गर्ने गरी ओली सरकारले हाललाई जनता बचाऔं, पछि जेल जानु परे पनि जाउंला भन्ने प्रण गर्यो । एक पछि अर्को प्रहार भए पनि ओली सरकारले चट्टानी अडान लियो। दलाल नोकरशाह तथा तिनका रक्षानमा जिउनेहरु चाहन्थे, जनता भकाभक मरुन, ओली सरकार स्वतःबिफल होस । तर ओली सरकारको कामले परिणाम ठीक उल्टो सावित भएको छ। जनता नमर्दा आफु बिफल ठानेर जनता मरुन वा मारेर मात्र सफल हुने निती अपनाउने कहिले सम्म ?

यस् बिपद पछाडि पर्दा खुल्नेछ, हामीलाई स्पस्ट थाहा छ, सिरकभित्र मुड्की ताक्ने बुख्याचाहरु एकै डसना र सिरानीमा छन । “मुतको न्यानो एक छिनलाई” भनेजस्तै कोठे दलालहरु दुलो पस्नेछन । आफ्नै पार्टी र सरकारबिरुद्द बिषवमन गर्नेहरु भित्ता लाग्नेछन, जनताबाट तिरस्कृत हुँदै पत्तासाफ हुनेछन । न्याउरी मारी पछुतो हुनेछ। बिश्वभर दिनानुदिन हजारौ. जनता मरिरहदा नेपालमा कोरोना भाईरसकै कारणले एक ब्यक्तिको मृत्यु हुन पाएको छैन । यो पूँजीवाद र यसका अनुयाइहरुका निम्ती आश्चर्यको बिषय मात्र होइन कि अनुसन्धानको बिषय समेत बन्न सक्नेछ। अनी यो नेपाल र नेपाली मात्रको गर्वको बिषय हुनेछ। आऔं, हातमा हात मिलाऔं, काँधमा काँध मिलाऔं, स्वास्थ्यकर्मीहरुको मनोबल उंचो पारौं । एक अर्कामा माया प्रेम साटासाट गरौं। भनिन्छ नि, “माया प्रेममा शक्ति हुन्छ ।”

एकताको बिकुल फुकौं। कोरोना नरोकिएला तर हाम्रो एकता यही बहनामा दिगो रहन सक्छ र एक्लोपन हटेर जानेछ । जसका कारण कोरोना बिरुद्दको लडाईं सजिलै जित्न सकिन्छ। बिरोधका लागि बिरोधका स्वरहरु बन्द गरौं। सरकारलाइ नैतिक, भौतिक तथा सैद्दान्तिक सहयोग गरौं । सहयोग गर्न नसकिएमा अपवाह फैलाउँदै बिरोध चाँहि नगरौं । भावनामा डुबेर यो युद्द जित्न सकिदैन। पुर्वाग्रही र हिसाबको राजनीति भोली गरौला, चाहे यी बिपदहरु नेपाल, युरोप, अमेरिका, बेलायत वा विश्वको जुनसुकै कुनामा किन नपरोस तर अहिले बांच्नु र बचाउनु छ। जुन काम नेपालमा ओली सरकारले गरेको छ । कोरोनाबाट जनता जोगाउने अभियानका साथ मोर्चामा खटिनुभएका ओली सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलसहित सवै मन्त्री, उच्चपदस्थ सरकारी कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई सलाम । यस्तै भुमिका रहिरहोस, कोरोनाबाट कुनै नेपालीले ज्यान गुमाउनु नपरोस ।

(लेखक प्रवासी नेपाली मञ्च नेदरल्याण्डका पूर्वमहासचिव तथा गैर आवासीय नेपाली संघ, नेदरल्याण्डका वर्तमान उपाध्यक्ष्य हुनुहुन्छ । सं)