काठमाडौँ, चैत २५
सरकारले अन्तर्राष्ट्रिय उडान सेवालाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । चैत ९ गते मध्यरातिदेखि लगाइएको रोकलाई बैशाख १८ गतेसम्म निरन्तरता दिइएको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको नोभल कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको समितिका प्रवक्ता नारायण प्रसाद विडारीले बताउनु भयो । तर, उद्धार, मेडिकल लगायत मानवीय सहायता सम्बन्धी चार्टर र कार्गो उडान भने सञ्चालन हुने छन् ।
आन्तरिक हवाई उडानबारे भने तत्काल कुनै निर्णय भएको छैन । सरकारले बैशाख ३ गतेसम्म सबै उडान स्थगित गर्ने यसअघि नै निर्णय भईसकेको छ । प्रवक्ता विडारीका अनुसार आन्तरिक हवाई उडानको विषय भने विचाराधिन रहेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्