जनता टाइम्स

२६ चैत्र २०७६, बुधबार १५:१५

कालोबजारी गर्ने ब्यापारी सुलभ अग्रवाललाई सात दिन थुनामा राख्न अनुमति


काठमाडौं, चैत २६ । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई थुनामा राख्न सात दिनको म्याद दिएको छ । मंगलबार पक्राउ परेका अग्रवाललाई थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद दिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई मंगलबार नंशालबाट पक्राउ गरेको थियो । बजारमा तीनदेखि पाँच हजार रुपैयाँसम्म पर्ने थर्मल गनलाई अग्रवाललाई १५ हजार रुपैयाँसम्म लिएर बिक्री गरेको प्रहरीको दाबी छ । काठमाडौं प्रहरी परिसर प्रवक्ता होबिन्द्र बोगटीले कालोबजारी ऐनअन्तर्गत अग्रवाललाई म्याद थपिएको जानकारी दिनुभयो ।