जनता टाइम्स

२६ चैत्र २०७६, बुधबार १६:३०

लकडाउनमा चलिरहेछ सडक मर्मतको काम


काठमाडौं, चैत २६

चैत ११ गतेबाट शुरु भएको लकडाउन १६ औं दिनमा पुगेको छ । तर, लकडाउनले सडक मर्मत र रंगरोगनको काम भने रोकिएको छैन ।

बुधबार जडिबुटि–कोटेश्वर सडकको मर्मतको काम भईरहेको छ । थोरै जनशक्तिमा काम हुने भएकाले मर्मतको काम भईरहेको सडक विभागले जनाएको छ । यसैगरी पुतलीसडकको छेउमा रंगरोगनको काम भईरहेको छ । यसअघि पनि विभिन्न स्थानका सडकमा रंगरोगनको काम भएको थियो ।