जनता टाइम्स

२६ चैत्र २०७६, बुधबार १९:३६

लकडाउन अवज्ञा गर्दै मेला गराउने चारवडाध्यक्षसहित ९ जना प्रक्राउ


बझाङ, चैत २६

कोरोनाभाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेको बताइएको सुदूरपश्चिम प्रदेशमा लकडाउनको अवज्ञा गरेको आरोपमा चार वडाध्यक्षसहित ९ जना प्रक्राउ परेका छन् । स्थानीय जनतालाई उच्च जोखिममा पारेर चैतली मेला संचालन गरेको आरोपमा चार वडाअध्यक्षसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बझाङको छविसपाथीभेरा गाउँपालिका—३ को बान्‍नीकोटमा वर्षेनी लाग्‍ने मेला लकडाउनमा पनि सञ्चालन गरिएको सोही गाउँपालिकाका चार वडाध्यक्षसहित ९ जनालाई बुधबार नियन्त्रणमा लिइएको जानकारी दिएको छ । स्थानीयले चैत ११ गते जंगलबाट रुखको काकर काटेर ल्याइ मेलाको सुरुवात गरी अष्टमीको दिन बोकाको बली चढाएर सोमबार मेला समापन भव्य रुपमा गरेका थिए ।