जनता टाइम्स

२७ चैत्र २०७६, बिहीबार १३:१०

गौरीफन्टामा भिड नियन्त्रण गर्ने सशस्त्र प्रहरीका ७३ जनाको नतिजा नेगेटिभ


कैलाली, चैत २७

लकडाउनपछि गौरीफन्टा नाकामा भिड नियन्त्रण गर्ने सशस्त्र प्रहरीका ७३ जनाको कोभिड–१९ नतिजा नेगेटिभ आएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गुल्म धनगढीअन्तर्गत कार्यरत विभिन्‍न दर्जाका ७३ जना सशस्त्र प्रहरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

र्‍यापिड टेष्टका क्रममा सबैजनाको थ्रोट स्वाब नमूना लिइएकोमा रिपोर्ट नेगेटिभ आएको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल तिम्सिनाले जानकारी दिनुभयो । ११ चैतमा गौरीफन्टा नाकामा भारतबाट आएर रोकिएका झण्डै एक हजारको भीड व्यवस्थापन तथा सुरक्षामा खटिएका साथै सीमामा हेल्थडेस्कमा खटिएका सशस्त्र प्रहरीहरुको र्‍यापिड टेष्ट गरिएको हो । भीड तथा फिल्डमा खटिएका ७३ जना सशस्त्र प्रहरीलाई क्वारेन्टाईमा राखिएको थियो ।