जनता टाइम्स

२७ चैत्र २०७६, बिहीबार १३:१९

लकडाउनमा नेपालगञ्जकी बालिकामाथी सामुहिक बलात्कार


नेपालगन्ज, चैत २७

एक १४ वर्षिया बालिकाको सामुहिक बलात्कार गर्ने एक युवक पक्राउ परेका छन् । अर्का आरोपी भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

कोहलपुर नगरपालिका ११ एकतानगर बस्ने २० वर्षीय आकाश मल्ल र दाङको घोराही उपमहानगरपालिका ६ घर भइ कोहलपुरमा मामाको घरमा बस्दै आएका अंकित गिरीले आइतबार राति बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी कुलदिप चन्दले जानकारी दिनुभयो ।

लकडाउनको समयमा आइतबार साँझ नै छोरी हराएको भन्दै अभिभावकले प्रहरीमा खबर गरेका थिए । अभियुक्तले बालिकालाई कोठामा लगेर रातभरी बलात्कार गरेको पीडितले प्रहरी समक्ष बताएकी छन् । उनि सोमबार विहान घर आएपछि बलात्कार गरेको खुलेको थियो ।

पीडित बालिकाले प्रहरीलाई दिएको किटानी जाहेरीपछि प्रहरीले मल्ललाई पक्राउ गरिसकेको छ भने गिरी फरार छन् । पीडित बालिकालको प्रहरीले स्वास्थ्य जाँच गरिसकेको छ।