जनता टाइम्स

२७ चैत्र २०७६, बिहीबार १६:३०

कोरोना भाइरसलाई जित्दै जो घर फर्किए (सूचीसहित)


काठमाडौं, चैत २७ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित ३ लाख ३२ हजार ८ सय बिरामी उपचारपछि निको भएर घर फर्किएका छन । उच्च मनोवल र अनुशासनले कोरोना भाइरसलाई परास्त गर्दै उनीहरु घर फर्किएका हुन ।

बिश्व स्वास्थ्य संगठनले हालसम्म कोरोनाको औषधी निर्माण भइनसकेको जनाइरहेको बेला यति ठुलो संख्यामा बिरामी निको भएर घर फर्किएका हुन । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणमा बिश्वभर१५ लाख २३ हजार ८ सय ९८ जना परेका छन । त्यस्तै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ हजार ९ सय ५६ पुगेको छ । सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामा देखिएको छ । अमेरिकामा अहिलेसम्म ४ लाख ३५ हजार १ सय ६० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यस्तै उपचार पश्चात २२ हजार ८ सय ९१ जना निको भएर फर्किएका छन । अमेरिकामा १४ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ ।

यस्तै विश्वको कोरोना संक्रमणको दोस्रो देश बनेको स्पेनमा १ लाख ४८ हजार २ सय २० जनालाई संक्रमण देखिएकोमा हालसम्म ४८ हजार २१ जना घर फर्किसकेका छन । यता कोरोना भाइरस महामारी फैलिएर तेस्रो मुलुक इटालीमा भने १ लाख ३९ हजार ४ सय २२ जना संक्रमित देखिएका थिए । हाल उपचार चीनपछि २६ हजार ४ सय ९१ जना घर फर्किसकेका छन । इटालीमा १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको थियो । त्यसैगरी जर्मनीमा १ लाख १३ हजार २ सय ९६ जना संक्रमित भेटिएकामा ४६ हजार ३ सय उपचार पछि घर गइसकेका छन् ।

जर्मनीमा २ हजार ३ सय ४९ जनाको मृत्यु भएको थियो । यता फ्रान्समा १ लाख १२ हजार ९ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसैगरी हालसम्म २१ हजार २ सय ३४ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस फैलिएको चीनमा भने हालसम्म ८१ हजार ८ सय ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो भने अहिलेसम्म उपचारपछि ७७ हजार ३ सय ७० जना घर फर्किएका छन् । त्यस्तै इरानमा ६४ हजार ५ सय ८६ जनामा देखिएको कोरोना संक्रमणको उपचार पछि २९ हजार ८ सय १२ जना फर्किएका छन । ३ हजार ९ सय ९३ को मृत्यु भएको थियो ।

त्यसैगरी बेलायतमा ६० हजार ७ सय ३३ जनामा कोरोना संक्रमण देखिएको थियो । ७ हजार ८७ जनाको मृत्यु भएको थियो भने हालसम्म १ सय ३५ जना उपचार पछि घर गएका छन् । टर्कीमा ३८ हजार २ सय २६ जनामा कोरोना संक्रमण देखिएको थियो भने ८ सय १२ जनाको मृत्यु भएको थियो । हालसमम टर्कीमा १८ सय ४६ जना उपचार पछि घर गएका छन् । बेल्जियममा २४ हजार ९ सय ८३ जनामा संक्रमण देखिएकोमा २५ सय २३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै नयाँ २ सय ८३ जनाको पनि मृत्यु भएको छ । ५ हजार १ सय ६४ जना उपचार पछि घर फर्किएका छन् ।

यता स्वीजरल्याण्डमा २३ हजार ४ सय ४ जनामा कोरोनाको संक्रमण देखिएको थियो । ९ हजार ८ सय जना उपचारपछि घर फर्किसकेका छन् । त्यस्तै नेदरल्याण्डमा २० हजार ५ सय ४९ जनामा देखिएको संक्रमणको कारण २ हजार २ सय ४८ को ज्यान गएको छ । २ सय ५० जना उपचार पछि घर फर्किएका छन् । यस्तै क्यानडामा हालसम्म १९ हजार ४ सय ३८ जनामा संक्रमण देखिएको थियो भने ४ हजार ६ सय ५३ जना उपचारपछि घर फर्किएका छन । ब्राजिलमा १६ हजार १ सय ९५जनामा संक्रमण देखिएको थियो । त्यस्तै १ सय २७ जना उपचारपछि घर फर्किएका छन् । उता पोर्चुगलमा १३ हजार १ सय ४१ जनामा कोरोना संक्रमण देखिएको थियो भने हालसमम १ सय ९६ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै अष्ट्रियामा १३ हजार ११ जनामा संक्रमण देखिएको थियो भने हालसम्म ५ हजार २ सय ४० जना उपचार पछि घर गएका छन् ।
दक्षिण कोरियामा १० हजार ४ सय २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो भने हालसम्म ६ हजार ९ सय ७३ जना उपचारपछि घर फर्किएका छन् । रसियामा १० हजार १ सय ३१ मा संक्रमण देखिए पनि ६ सय ९८ जना निको भएर घर गएका छन् । इजरायलमा ९ हजार ४ सय ४ जनामा संक्रमणको पुष्टि भएको छ । हालसम्म ८ सय १ जना उपचार पछि फर्किएका छन् ।

स्वीडेनमा ८ हजार ४ सय १९ जनामा संक्रमण देखिए पनि २ सय ५ जना उपचारपछि निको भएर फर्किएका छन् । त्यस्तै अष्ट्रेलियामा ६ हजार १ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो भने हालसम्म २ हजार ९ सय ८७ जना निको भएर फर्किसकेका छन् । हाम्रो देश नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने एक जना निको भएर उपचारपछि घर फर्किसकेका छन् । यसरी हेर्दा उपचारपछि धेरै संख्यामा निको भएर घर फर्किएको तथ्यांक कोरोना भाइरसको अपडेट गरिरहेको वल्डोमिटर डट कमले राखेको छ । नेपालमा एक जना कोरोना संक्रमित उपचारपछि घर फर्केका छन ।