एजेन्सी, चैत २८
कोरोना भाइरसको संक्रमणमा परी उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार भएको छ । उनलाई अहिले सघन उपचार कक्ष (आइसीयू) बाट वार्डमा सारिएको छ तर उहाँ अस्पतालमै रहने डाउनिङ्ग स्ट्रीटले जनाएको छ। जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहनुभएको छ ।
‘नम्बर टेन’ भनेर चिनिने प्रधानमन्त्री कार्यालयले जोनसनलाई ‘बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उहाँलाई डाक्टरहर’ले निकटमा रहेर निगरानी गर्ने’ जनाएको छ। कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्याइएको थियो र त्यसको भोलिपल्ट उहाँलाई सघन उपचार कक्षमा सारिएको थियो।
उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भएपनि भेन्टिलेटरमा भने नराखिएको जनाएको छ । उहाँको स्वास्थ्य स्थितिमा ‘क्रमिक सुधार आएको’ र उपचारका क्रममा आफूले पाएको ‘उत्कृष्ट सेवा’ का लागि उहाँले एनएचएसलाई धन्यवाद दिएको प्रवक्ताले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्