जनता टाइम्स

२८ चैत्र २०७६, शुक्रबार १८:५९

‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छ, के सेक्न सर्वदलिय संयन्त्र ?’


काठमाडौं, चैत २८

पूर्वमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका सांसद गोकुल बाँस्कोटाले उच्चस्तरीय सर्वदलिय संयन्त्र अहिले आवश्यक नरहेको बताउनु भएको छ । उहाले संविधानले नचिन्‍ने सर्वदलीय संयन्त्रको प्रस्ताव नै खारेज गर्न सरकारसँग माग गर्नुभएको छ ।

नेकपाभित्रै संयन्त्रको माग उठिरहेका बेला सामाजिक सञ्‍जालमार्फत पूर्वमन्त्री बाँस्कोटाले संविधानले नचिन्‍ने सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ? भन्दै प्रश्‍नसमेत गर्नुभएको छ । संयन्त्र गठन संविधान विपरित हुने भन्दै विरोध भईरहेका बेला उहाले पनि निर्वाचित सरकारहरु हुँदा हुदै संयन्त्र गठन गर्न नहुनेमा जोड दिनुभयो ।

‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन । सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ कोरना बिरुद्ध अहोरात्र हातेमालोसाथ कार्यरत छन’, उहाले भन्नुभएको छ, ‘अनिसगै स्वास्थ्यकर्मी, सेना, पुलिस, कर्मचारी र नागरिक युद्धमोर्चा मै । तब संबिधानले नचिन्ने उच्चस्तरीय सर्वदलिय संयन्त्र के सेकाउन चाहियो ? ठाडै खारेज गर, सरकार ।’