जनता टाइम्स

२८ चैत्र २०७६, शुक्रबार २१:२८

१८ सय रुपैयाँ किलोमा खसीको मासु बेच्दै आइकालु मिट


काठमाडौँ, चैत २८

आइकालु मिट सेन्टरले लकडाउनको मौका छोपेर खसीको मासुमा प्रतिकिलो ५ सय रुपैया नाफा खाने गरेको खुलेको छ । उपभोक्तालाई ठगी गर्दै १३ सय रुपैयाँ पर्ने मासुलाई १८ सय रुपैयाँमा बेचेको खुल्न आएको हो ।

उपभोक्ताको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खसी मासुको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ लिनुपर्नेमा १८ सयमा बिक्री गरेको पाइयो,’ विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले भन्नुभयो, ‘उपभोक्तालाई ठगी गरेको आरोपमा २ लाख जरिवाना गर्‍यौं ।’

आइकालुलाई उपभोक्ता सरक्षण ऐन २०७५को १६ (२) (क) ३८ (ङ)को कसुरमा ३९ (ख) बमोजिम जरिवाना गरिएको छ । विभागका अनुसार आइकालुले बढी मूल्य लिएको भन्दै उजुरी परेको थियो । उजुरीमा आधा किलोको ९ सय रुपैयाँ लिएको उल्लेख गरेपछि विभागले शुक्रबार अनुगमन गरेको हो । आइकालुले भने उपभोक्ताले जति दाम भएपनि खसी ल्यादिनुहोस् खान्छौ भनेपछि ल्याएर बेचेको जवाफ विभागलाई दिएको छ ।