धनुषा, चैत ३० । जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित साहलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उलंघन गरी उल्टै प्रहरीमाथि दुव्र्यवहार गरेपछि साहलाई आज पक्राउ गरिएको हो ।
अध्यक्ष साहले प्रहरी सहायक निरीक्षक र जवानमाथि दुव्र्यवहार तथा हातपात गरेको आरोप लगाइएको छ । प्रहरीका अनुसार आज बिहान लकडाउनको समयमा मोटरसाइकलमा बिना मास्क, पञ्जा महावीर चोकबाट जाँदै गरेका साहसँग सोधपुछका क्रममा प्रहरीसँग भनाभन भएको थियो । भनाभनपछि अध्यक्ष साहले प्रहरी सहायक निरीक्षक विद्यापति ठाकुरलाई दुव्र्यवहार गरेको प्रहरीको भनाई छ ।
‘उहाँ को हुनुहुन्छ, भनेर मैले चिनिन, तर सुरक्षा सामग्री नै नलगाई कहाँ जान लागेको भनेर सोध्दा म माथि झम्टिनु भो ! अन्य व्यापारी बोलाएर हात नै हाल्नु भो,’ ठाकुरले भन्नुभयो । साहले स्थनीय व्यापारीलाई बोलाएर गालीगलौज गर्दै हातपात गर्नुका साथै मोबाइल समेत फुटाइ दिएको ठाकुरको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्