जनता टाइम्स

३० चैत्र २०७६, आईतवार १७:०३

कोरोना कोषमा हिमालयन एअरलाइन्सको एक करोड सहयोग


काठमाडौं, चैत ३० । हिमालयन एअरलाइन्सले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा एक करोड सहयोग गरेको छ । हिमालयन एअरलाईन्सको तर्फवाट प्रबन्धक बिजय श्रेष्ठले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमार्फत सो रकमको चेक हस्तान्त्रण गर्नुभएको हो ।

पर्यटनमन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार सो रकम आजै कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा जम्मा गरिएको छ ।