जनता टाइम्स

१ बैशाख २०७७, सोमबार १७:४५

गुल्मीमा वृद्ध दम्पत्ती एउटै रुखमा झुन्डिएको अवस्थामा फेला


गुल्मी, बैशाख १

गुल्मीमा एक वृद्ध दम्पती झुन्डिएर मृत रहेको अवस्थामा फेला परेका छन् । दुवै जना एउटै रुखमा झुन्डिएर मृत अवस्थामा फेला परेका हुन् ।

कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका अन्दाजी ७० वर्षीय ओमबहादुर सार्की र उनकी ६९ वर्षीया खिमकलाले खनियाको रुखमा गलबन्दीले पासो लगाई आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षक चुणामणि पुनको नेतृत्वमा टोली त्यसतर्फ पुगेको छ ।