जनता टाइम्स

२ बैशाख २०७७, मंगलवार १४:४९

सामाजिक सञ्जालमा किन हुदैछ डा. बाबुराम भट्टराईको चर्को विरोध !


काठमाडौं, चैत २

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा छाईरहने नेता हुन् । हरेक विषयमा उहाले आफ्नो धारणा ट्विटर, फेसबुक लगायतका सामाजिक सञ्जालमा राख्नु हुन्छ । कहिले काँही सस्तो लोकप्रियताका लागि उहाले आफ्ना धारणा राख्ने त कहिले गहन विषयमा राख्न छाड्नु भएको छैन ।

तर, पछिल्लो पटक भने उहाको भनाईलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । राहत कोषमा पारिश्रमिक जम्मा गर्ने विषयमा उहाले ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनामुक्त नभएसम्मको तलब र सत्तारुढ नेकपाका प्रवक्ता एंव राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको तलब कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । त्यसको सबैले खुलेर प्रशंसा गर्दै अन्यलाई पनि सोही गर्न सुझाईरहेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने त्यसको घुमाउरो पारामा विरोध गर्नुभएको छ । भट्टराईले तलबभत्ता पूरै त्याग्ने घोषणालाई ‘राम्रो’ भन्दै ट्वीटरमा प्रश्न गर्नुभएको छ, ‘आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद–सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने !) को विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?’

भट्टराईको यो भनाई पूर्णत श्रेष्ठप्रति लक्षित रहेको छ । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको मतबाट भट्टराईले श्रेष्ठलाई पराजित गर्नुभएको थियो । प्रवक्ता श्रेष्ठपछि राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट उठेर निर्वाचित हुनुभएको छ । विगतमा एउटै क्षेत्रबाट उठेका श्रेष्ठले पारिश्रमिक नलिने घोषणापछि भट्टराई अप्ठेरोमा पर्नुभएको छ । जसले गर्दा उहाले राहतकोषमा रकम जम्मा गर्ने भन्दा आयस्रोत खोज्ने कुरालाई बढि जोड दिनुभएको छ । सोही विषयमा उहाको सामाजिक सञ्जालमा विरोध भईरहेको हो ।

यस्ता छन् उहाप्रति सामाजिक सञ्जालमा व्यक्त भनाईहरु