काठमाडौं, बैशाख ३ । दि रिभर ओभर्सिज प्रालिले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा ५ लाख १ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उक्त रकम सहयोग गरेको दि रिभर ओभर्सिज प्रा।लिका अध्यक्ष रघुनाथ पुरीले जनताटाइम्सलाई बताउनु भयो ।
रिभर ओभर्सिजले विगतमा पनि देशमा विपत्ति आएको समयमा सरकारले आह्रवान गरेअनुसार सहयोग गद्दै आएको छ । यो महासंकटको बेलामा निजी क्षेत्र, नागरिक सबैले सरकारको अभियानमा साथ दिनुपर्ने उनको भनाई । सबैको साझा प्रयास, समन्वय र ऐक्यबद्धतामा मात्रै यो महामारीलाई पराजित गर्न सम्भव हुने भन्दै सरकारी कोषमा सोरकम जम्मा गरेको पुरीले बताउनु भयो ।
कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केहि राहात हुने अपेक्षा गरिएको उहाँको भनाई छ । यसअघि शनिबार दि रिभर ओभर्सिजकै अध्यक्ष पुरी अध्यक्ष रहेको ‘द रिभर फाउन्डेशन’ले बेलबारी नगरपालिकाको विपद ब्यवस्थापन कोषलाई १ लाख १ हजार १ सय पाँच रुपियाँ सहयोग गरेको थियो ।
फाउन्डेशनले सामाजिक उत्तरदायित्व अन्तरगत विश्वव्यापी रुपमा महामारी फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरेको हो । सामाजिक अभियन्तासमेत रहनुभएका ब्यवसायी पुरी हरेक बिपत्तिमा सरकारलाई सघाउने ब्यवसायी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्