वुटवल, बैशाख ५ । प्रदेश ५ सरकारले लकडाउनमा रोजीरोटी गुमाएर घर जान हिडेँर आफ्नो प्रदेशमा आइपुगेका सवै नागरिकलाई क्वारेन्टाइनमा राखेर खाने बस्ने ब्यवस्था गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले आज यस्तो जानकारी दिनुभएको हो ।
मुख्यमन्त्री पोखरेलका अनुसार घर जाने क्रममाहिडेर प्रदेश ५ को सडकमा पुगेका नागरिकलाई क्वारेन्टाइनमा राखेर निशुल्क खाने ब्यवस्था गरिएको हो । उहाँले प्रदेश ५ मा आइपुगेका जोकोहीलाई क्वारेन्टाइनमा गएर बसीदिन अनुरोध पनि गर्नुभएको छ ।
आज बिहानै सामाजिक सञ्जाल मार्फत अपिल गर्दै मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइनमा सबेर सहयोग गरिदिन अनुरोध गर्नुभएको हो । उहाँले लेख्नु भएको छ ‘घरजान भनेर प्रदेश ५ भित्र आइपुग्नु भएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला। त्यहाँ खानेवस्ने व्यवस्था छ ।’












प्रतिक्रिया दिनुहोस्