ब्राजिल, बैशाख ५
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारेले कोरोना आफ्ना मुलुकका स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेका छन् । भाइरसको महामारीकै बिच राष्ट्रपति बोलसोनारेले कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा मतभेद भएपछि स्वाथ्यमन्त्री लुइज हैनरिक मनडेटालाई पदबाट बर्खास्त गरेका हुन् ।
ब्राजेली स्वास्थ्यमन्त्री हैनरिकले आइतबार एक अन्तरवार्तामा दिएको कोरोना भाइरसको जोखिमविरुद्ध सरकार एक जुट भएर लड्नुपर्ने अभिव्यक्तिप्रति राष्ट्रपति बोलसोनारे रुष्ट बनेका थिए । राष्ट्रपतिले ट्विटरमार्फत आफूले स्वास्थ्यमन्त्री हैनरिकलाई बर्खास्त गरेको जानकारी दिएपछि नागरिकले भाँडा बजाएर राष्ट्रपति बोलसोनारेको विरोध गरेका थिए ।
तर, राष्ट्रपतिले विश्वभर महामारीका रूप लिइरहेको कोरोना भाइरसलाई सामान्य फ्लूको रूपमा लिँदै आएको बताइएको छ । स्वास्थ्यमन्त्री हैनरिकले कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी बढाउनु पर्ने भन्दै राज्यले गरेको लकडाउनको तारिफ गरेको पनि बताइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्