काठमाडौं, बैशाख ५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेश चिकित्सकसहित स्वास्थ्यकर्मीहरुको टोली पठाएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन ३८ जना चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली आज धनगढी पठाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका अनुसार ३८ जनाको स्वास्थ्यकर्मी टोलीलाई विमानमार्फत सुदूरपश्चिम प्रदेशमा पठाइएको जानकारी दिनुभयो । चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत् र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक खटाइएको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ५ जना कोभिड–१९ का बिरामीहरु उपचाररत् छन् । सुदूरपश्चिम प्रदेश बढि जोखिममा रहेको र त्यहा दक्ष जनशक्ति पनि नरहेको गुनासो आएपछि केन्द्रले टोली पठाएको हो ।
यसैगरी, प्रदेश–२ मा पनि स्वास्थ्यकर्मी पठाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशपछि प्रदेश–२ बढि जोखिममा देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दिल्लीको जमातिमा सहभागी भएका केही व्यक्ति विरगञ्ज आएको अनुमान गरिएको छ । र त्यहा एकैपटक सात–आठ जना संक्रमित भेटिन सक्ने अवस्था सिर्जना भईरहेको स्वास्थ्यमन्त्री ढकालले समेत बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्