जनता टाइम्स

५ बैशाख २०७७, शुक्रबार २१:५७

सिमामा अलपत्र पारेका नेपालीलाई भारतले पुन: क्वारेन्टाइनमा राख्यो


सर्लाही, बैशाख ५

भारतीय सुरक्षाकर्मीले दशगजामा ल्याएर अलपत्र छाडेका नेपालीलाई पुन फर्काएर क्वारेन्टाइनमा राखेको छ । बिहीबार मध्यराति सिमा ल्याएर अलपत्र पारेर छाडेको थियो ।

९१ जना नेपालीलाई शुक्रबार दिउँसो पुनः भारततर्फ नै फर्काइएको छ । भारतीय सुरक्षाकर्मीले सोनवर्षा लगायत ३ ठाउँमा क्वारेन्टाइनमा राखिएका १२३ जना नेपालीलाई ट्रकमा हालेर कनौली नाकास्थित लखन्देही खोलामा बिहीबार राति छाडिदिएका थिए । त्यसरी छाडिएकामध्ये ९१ जनालाई पुन भारततर्फ नै क्वारेन्टाइनमा राख्ने गरी फर्काइएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिनुभयो ।

दशगजामा छाडिएकामध्ये २४ जना भने सर्लाहीको चन्द्रनगर गाउँपालिका छिरेका छन् । नेपाल छिरेका २४ जनालाई कामद माविको क्वारेन्टाइनमा राखिएको छ । वीरगंजस्थित भारतीय महावाणिज्य दुतावास, भारत सितामाढीका सुरक्षा अधिकारी लगायतसँग समन्वय गरेर दशगजामा छाडिएका नेपालीलाई उतैको क्वारेन्टाइनमा फर्काइएको प्रजिअ जिसीले जानकारी दिनुभयो ।