जनता टाइम्स

६ बैशाख २०७७, शनिबार १४:५१

उदयपुरका १२ कोरोना संक्रमित तबलीगी जमातका जमाति : भारतीय मिडिया


काठमाडौं, बैशाख ६

भारतीय संचारमाध्यमले उदयपुरको मस्जिदमा लुकेर बसेका १२ कोरोना संक्रमित तबलीगी जमातका जमाति रहेको दावी गरेको छ । ती १२ जना नै भारतीय भएका र उनिहरु मध्ये अधिकाशं दिल्लीका र युपी एव विहारका पनि रहेको उल्लेख गरेको छ ।

भारतीय टिभी इण्डिया टिभीले आफ्ना अनलाईन संस्करणमा उनिहरु नयाँ दिल्लीस्थित निजामुद्दीन मरकजमा लुकेर बसेको आरोप लगाएको छ । त्यहा छापामारी शुरु भएपछि उनिहरु भागेर नेपाल पुगेर कोरोना फैलाएको दावी गरेको छ । यता, नेपाल प्रहरीले पनि उनिहरु कहाबाट कहिले आएको भन्ने बारेमा यकिन गर्न सकेको छैन ।

१२ जनाले मंसिरमै नेपाल आएको दावी गरेपनि कसको सम्पर्कमा पुगेपछि कोरोना सर्यो भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन । यसअघि विरगञ्जमा भेटिएका तीन संक्रमित पनि दिल्लीबाट भागेर त्यहा पुगेके भारतीय सञ्चारमाध्यमको दावी छ ।

इण्डिया टिभीमा छापिएको समाचारका लागि यहाँ क्लिक गर्नुहोस् ।