जनता टाइम्स

७ बैशाख २०७७, आईतवार १६:५४

सिरहामा कोरोना बारे अफवाह फैलाइदै


सिरहा, बैशाख ७ गते । सिरहा जिल्लाको एक जना युवकले कोरोना बारे जिल्लामा भ्रमपूर्ण अफवाह फैलाउदै गरेको पाइएको छ । जिल्लाको बन्दीपुर बजारमा बस्ने शुभम् यादव नामको युवकले कोरोना भाइरस बारे भ्रमपूर्ण कुरा सामाजिक सञ्जाल आफ्नो फेसबुकमा लेखेको छ ।

यादवले सिरहाको लहान र कचनारीमा कोरोना भाइरस पोजिटिभ भेटिएको र सबैलाई सतर्क रहनु भनी अफवाह फैलाएका छन् । सामाजिक सञ्जालमा यसरी सार्वजनिक भएपछि स्थानियहरु त्रास फैलिएको छ । तर सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले सिरहामा अहिले सम्म कोरोना भाइरस पुष्टी नभएको बताउनुभएको छ ।

उक्त भ्रमपूर्ण संदेश सामाजिक सञ्जालमा हालेको २४ घण्टा भन्दा बढी भएपनि शुभम् यादवलाई हालसम्म नियन्त्रणमा लिएको छैन । उक्त भ्रमपूर्ण संदेश सिरहा, धनुषा लगायतका क्षेत्रमा सेयर भइरहेको छ ।