जनता टाइम्स

८ बैशाख २०७७, सोमबार १६:२८

पार्टी फुटाउन अब केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने, सरकारले ल्यायो नयाँ अध्यादेश


काठमाडौँ, बैशाख ८

सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । यसअघि दुवैमा ४० प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेको थियो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो । अध्यादेशले राजनीतिक दलसम्बन्धि ऐनको प्रावधानलाई संशोधन गर्नेछ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद–६ को दल त्यागसम्बन्धी प्रावधानको २ यस्तो लेखिएको छ, ‘कुनै दलको केन्द्रीय समिति र सङ्घीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन ।’ सरकारले अध्यादेश जारी गरी केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका भन्ने ठाउमा प्रयोग भएको ‘र’ लाई हटाएर ‘वा’ भन्ने प्रयोग गरिएको छ ।