काठमाडौं, बैशाख ८
प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी विभाजनसम्वन्धि नयाँ अध्यादेशलाई लोकतान्त्रिक विशेषता भनि टिप्पणी गर्नुभएको छ । सरकारले सोमबार नयाँ अध्यादेश ल्याएपछि अहिले विभिन्न राजनीतिक तरंग आईरहेका छन् ।
नेकपाका स्थायी कमिटी सदस्य समेत रहनु भएका मुख्यमन्त्री पोखरेलले अनुशासित र जिम्मेवार बन्न पार्टी कार्यकर्तालाइ अनुरोध समेत गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत अपिल गर्दै मुख्यमन्त्री पोखरेलले भन्नु भएको छ, ‘ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन । ४० प्रतिशतको प्रावधान लोकतान्त्रिक विशेषता नै हो । अनुशासित बनौ, जिम्मेवार बनौ ।’













प्रतिक्रिया दिनुहोस्