जनता टाइम्स

८ बैशाख २०७७, सोमबार २०:३३

सकियो नेकपा सचिवालय बैठक, आयो यस्तो निश्कर्ष


काठमाडौं, बैशाख ८

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यादेशका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ अध्यादेश र कोरोना रोकथामका लागि भईरहेको प्रयासका बारेमा जानकारी गराउनु भएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु परेको विषयमा जानकारी गराउनु भएको थियो । अध्यादेश ल्याउने विषयमा केही नेताले सामान्य असहमति राखेपनि अधिकांशले समर्थन गरेको स्रोतको भनाई छ ।

‘अध्यादेश ल्याउनु ठूलो कुरा होइन भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ नेकपाका सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘संवैधानिक नियुक्ति रोकियो भन्नुभयो । तर यस विषय विभिन्न कोणबाट छलफल हुन्छ ।’

बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

यस्तो भयो नेकपा सचिवालय बैठकमा । प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिदै