जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार १०:३९

पूर्वमन्त्री बाँस्कोटाले खोले अध्यादेश ल्याउनुको रहश्य


काठमाडौं, बैशाख ९

पूर्वसञ्चार मन्त्री एंव नेकपा सांसद गोकुल बास्कोटाले संवैधानिक परिषद्को बैठक बसाउनकै लागि सरकारले अध्यादेश ल्याएको बताउनु भएको छ । उहाले बैठक बसाउन नै महाभारत भएपछि यो विधेयक आएको बताउनु भएको हो ।

पूर्वमन्त्री बाँस्कोटाले चुनाव एउटाले जित्ने र शासनप्रशासन अर्कोले गर्न खोज्न नहुने स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालमा सक्रिय रहनु भएका उहाले आवरण निष्पक्ष कार्य पक्षधरतापूर्ण गर्न सक्ने केही सदावहार पात्रको कुरा छाड्ने हो भने बैठक बसाउन नै महाभारत झेलिरहन सरकार बिवस भएको स्मरण गर्नुभएको छ ।

उहाले ट्विटरमा लेख्नु भएको छ, ‘आवरण निष्पक्ष कार्य पक्षधरतापूर्ण गर्न सक्ने केही सदावहार पात्रको कुरा छड्ने हो भने संबैधानिक परिषदको बैठक बसाल्न महाभारत झेलिरहन बिवस ओली सरकार हो भन्न गालामा हात राखेर घोत्लनु पर्ने अवस्था छैन । थिएन । चुनाव एउटाले जित्ने, शासनप्रशासन अर्कोले गर्न खोज्नु नि हुन्छर भन्या ?’