जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार १७:२१

पार्टीलाई एकतावद्ध बनाउने काममा लाग्न माधव नेपालको अपिल (बिज्ञप्तीसहित)


काठमाडौं, बैशाख ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई मजवुत बनाउने काममा लाग्न सवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा अपिल गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले आज बिज्ञप्ती जारी गर्दै यस्तो अपिल गर्नुभएको हो ।

हाल बिकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ, यस्तो अवस्थामा हामीले सिंगोपार्टी पंक्तिलाई भावनात्मक रुपमा एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढनु पर्दछ । पार्टीलाई बिधिका अधारमा सहमति, समझदारी र बिश्वासका साथ अघि बढाउने कुरामा आआफ्नो ठाउँबाट योगदान गर्न पनि म सवैलाई आग्रह गर्दछु, नेता नेपालले बिज्ञप्तीमा भन्नुभएको छ ।

यस्तो छ बिज्ञप्ती