जनता टाइम्स

११ बैशाख २०७७, बिहीबार १२:४३

लकडाउनमै थालियो इटहरीको ट्याङग्रा पूल मर्मत


सुनसरी, बैशाख ११ । इटहरी उपमहानगरको पहलमा लकडाउनको समयमै ट्याङग्रा पूल मर्मत थालिएको छ । पूर्व पश्चिम सडक खण्डस्थित इटहरी वजार हुदै वग्ने ट्याङग्रापूल मर्मत थालिएको हो ।

हार्डवेयर वाट सामान उपलब्ध गराउन पहल गर्ने र सुरक्षाको जिम्मेवारी लिने भनेपछि सडक डिभिजन कार्यालयले काम सुरु गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । हार्डवेयर सँग समन्वय गरेर समान उपलब्ध गराइएको उहाँले वताउनुभयो । लामो समयदेखि पूल मर्मत नहुदा समस्या हुदै आएको थियो ।

केही समय अघिनै टेण्डर लागि सकेको भएपनि कोरोनात्रासका कारण मर्मतको काम सुरु हुन सकेको थिएन । ट्याङग्रा पूल दैनिक सयौ सवारी साधन वारपार हुने पूल हो ।