जनता टाइम्स

११ बैशाख २०७७, बिहीबार २०:२४

राजपा र समाजवादीको एकतापछि देउवा खुसी, यस्तो छ कारण


काठमाडौं, बैशाख ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजापा) बीच एकता हुँदा आफूलाई अति खुसी लागेको बताउनुभएको छ । दुई पार्टीबीचको एकता भएलगत्तै बिज्ञप्ती जारी गरेरै देउवाले खुसी ब्यक्त गर्नुभएको हो ।

‘संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भएर जनता समाजवादी पार्टी बनेकोमा म खुसी व्यक्त गर्दछु’, देउवाले विज्ञप्तिमा भन्नुभएको छ, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई मजवुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु।’

सभापति देउवाले नवगठित ‘जनता समाजवादी पार्टी’ को नेतृत्व र पार्टीमा आवद्ध सबै शुभेच्छुकलाई बधाई तथा शुभकामना दिनुभएको हो ।