जनता टाइम्स

१२ बैशाख २०७७, शुक्रबार ०६:५७

कोरोनाबाट संक्रमित हुनेको संख्या २७ लाख १७ हजार नाघ्यो, ७ लाख ४५ हजार उपचारपछि घर फिर्ता


काठमाडौं, बैशाख १२ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ लाख १७ हजार ९ सय ३१ पुगेको छ भने

७ लाख ४५ हजार ६सय ५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ६ सय ३० पुगेको छ । विश्वभर एकैदिन ६ हजार ३५६ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टाको अवधिमा ८३ हजार ८२९ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये १७ लाख ८० हजार १४७ जनाको अहिले उपचार भइरहेको छ । उपचाररत मध्ये ५८ हजार ६७८ को अवस्था चिन्ताजनक छ ।  अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ११० जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४९ हजार ७६९ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार ७१३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ८० हजार ४३० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८५ जार ६२४ जना उपचारपछि निको भएका छन् । १४ हजार ९९७ जनाको अवस्था गम्भीर रहेको छ । ७ लाख ४४ हजार ३७ जना उपचाररत छन् ।

त्यस्तै बेलायतमा पछिल्लो २४ घण्टामा ६३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुगेको छ ।

एकै दिन ४ हजार ५८३ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार ७८ पुगको छ ।

बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये १ लाख १८ हजार ९९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार १५७ पुगेको छ । एकैदिन ४४० जनाले ज्यान गुमाएका छन् । अहिले स्पेनमा २ लाख १३ हजार २४ संक्रमित छन् ।

इटालीमा एकैदिन ४६४ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या २५ हजार ५४९ पुगेको छ । अहिलेसम्म इटालीमा १ लाख ८९ हजार ९७३ जना संक्रमित छन् ।

त्यस्तै फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या १२ हजार ८५६ पुगेको छ । अहिलेसम्म १ लाख ५३ हजार १२९ मा संक्रमण देखिएको छ ।

फ्रान्समा संक्रमितमध्ये ४२ हजार ८८ जना उपचारपछि निको भएका छन् । ५ हजार ५३ जनाको अवस्था गम्भीर रहेको छ भने ९४ हजार २३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।